बिर्तामोड नगर कमिटीद्वारा १० वटै वडामा जागरण सभा सम्पन्न

झापा ,बिर्तामोड, ,कार्तिक २२ । हालैको जेन जेड आन्दोलनपछि देशभर राजनीतिक परिस्थितिमा आएको विषम अवस्थाका बीच नेकपा (एमाले) पुनः टोलदेखि केन्द्रसम्म संगठनात्मक रूपमा सक्रिय बनेको छ।

पार्टीले जनतालाई राजनीतिक स्थिरता, सुशासन र विकासको सन्देश दिने उद्देश्यका साथ देशव्यापी जागरण अभियान सञ्चालन गरिरहेको छ। यसै सन्दर्भमा नेकपा एमाले बिर्तामोड नगर कमिटीले केन्द्रीय कमिटीको निर्देशन र जिल्ला कमिटीको निर्णयअनुसार वडा न १ देखि वडा न १० का सबै वडामा एकै चोटी  जागरण सभा सम्पन्न गरेको हो।

नगर कमिटीको सर्कुलरअनुसार सुरु भएको अभियानले बिर्तामोड नगरभित्र पार्टीको संगठनलाई थप मजबुत बनाउन, कार्यकर्तामा नयाँ ऊर्जा र जनतामा विश्वास पुनःस्थापित गर्न योगदान पुर्‍याएको छ।नगर कमिटीका अध्यक्ष सुभास भट्टराईका अनुसार जेन जेड आन्दोलनका क्रममा सिर्जित अस्थिर वातावरणपछि एमाले संगठन पुनर्गठन र एकतामा केन्द्रित भई पुनः सक्रिय बनेको हो। उनले भने, राजनीतिक अराजकता  अव्यवस्थाको अन्त्य गर्दै देशलाई स्थायित्वको बाटोमा लैजान एमाले नेतृत्व प्रतिबद्ध छ। यही सन्देश लिएरहामी वडावडामा पुगेका हौं।

विभिन्न वडामा आयोजित सभामा स्थानीय नेता, कार्यकर्ता, जनप्रतिनिधि, युवा र नागरिकहरूको उल्लेखनीय सहभागिता रह्यो। सभाहरूमा वक्ताहरूले हालको राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, जनजीवनका समस्या र समाधानका उपायहरूबारे धारणा राखेका थिए।

नगर कमिटीले प्रत्येक वडा–वडामा वक्ताको जिम्मेवारी दिएर कार्यक्रम तय गरेको थियो  वडा नं. १ वक्ता प्रदीप परियार रहेका थिए भने वडा कमिटी अध्यक्ष सुनिल सिवाकोटीको अध्यक्षता रहेको थियो त्यस्तै वडा नं. २ बक्ता उमानाथ ओली, अध्यक्षता माधव खरेल वडा नं. ३: बक्ता पवित्रा महतारा प्रसाई, अध्यक्षता कोसिस घिमिरे वडा नं. ४ बक्ता हरी चरण सिवाकोटी, अध्यक्षता प्रदीप खरेल वडा नं. ५ बक्ता जसमाया गजमेर, अध्यक्ष धर्म ओडारी वडा नं. ६ बक्ता अम्बिरकुमार लिङ्देन, अध्यक्षता प्रजापती दहालवडा नं. ७ बक्ता राजेन्द्र प्रसाद लिङ्देन, अध्यक्षता चन्द्रमणी खरेल वडा नं. ८ बक्ता देवराज कार्की वडा नं. ९ बक्ता छबिलाल विश्वकर्मा, अध्यक्ष प्रेमप्रसाद भण्डारी वडा नं. १० बक्ता बद्री भट्टराई, अध्यक्षता सागर सिवाकोटीले गरेका थिए भने  कार्यक्रम प्रत्येक वडाका वडा सचिबले सन्चालन गरेका थिए l 

सभामा वक्ताहरूले कार्यकतालाइ आश्वस्त पार्दै हालको अन्योलपूर्ण परिस्थितिमा एमाले मात्रै राष्ट्रको स्थायित्व, विकास र सुशासनको ग्यारेन्टी दिन सक्ने पार्टी भएको तर्क गरे।त्यसैगरी, पार्टीले टोलस्तरमा संगठन पुनर्गठन, जनसंपर्क विस्तार, युवालाई राजनीतिक चेतना दिलाउने र सदस्यलाइ जागरुक बनाउने अभियानलाई निरन्तरता दिने नगर कमिटीले जनाएको छ।

कार्यक्रमहरूमा सहभागिता जनाएका स्थानीयहरूले पनि एमालेको सक्रियता र जनस्तरसम्मको उपस्थिति स्वागतयोग्य रहेको बताएका छन्।

नगर कमिटीका अध्यक्ष भट्टराईले भने, जेन जेड आन्दोलनपछिको चुनौतीपूर्ण परिस्थितिलाई एमालेले अवसरको रूपमा लिएरसंगठनलाई पुनर्जीवित गर्दै अघि बढिरहेको छ। टोलदेखि केन्द्रसम्म एकीकृत अभियानमार्फत हामीले पहिले जस्तै फेरि जनताको मनजित्ने विश्वास लिएका छौं।

बिर्तामोड नगर कमिटीले अब वडास्तरका जागरण सभापछि राजनीतिक प्रशिक्षण, युवा परिचालन र विकास एजेन्डा केन्द्रित छलफल कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

एमालेका नेतृत्वका अनुसार यो अभियानले कार्यकर्ताको र त्रसित जनताको मनोबल पुनः उठाउने र राजनीतिक स्थायित्वका लागि नयाँ आशा जगाउने विश्वास लिइएको छ।