झापा, बिर्तामोड , कार्तिक ४
नेकपा एमाले बिर्तामोड–३ वडा कमिटीको आयोजनामा नेकपा एमालेको वडा स्तरिय कार्यक्रम भएको छ विषेशगरी भदौ २३ र २४ पछीको राजनीतिक, सामाजिक तथा संगठनात्मक विषयमाथि केन्द्रित भएर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम वडा कमिटी अध्यक्ष कोसिस घिमिरेको अध्यक्षतामा भएको थियो l कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य उमानाथ ओली उपस्थित हुनुहुन्थ्यो । साथै प्रदेश कमिटी सदस्य पवित्रा महतारा प्रसाई, जिल्ला कमिटी अध्यक्ष प्रेम बहादुर गिरी, जिल्ला सचिवालय सदस्य देबराज कार्की र प्रबिन पोख्रेल, स्थानीय विकास विभाग सचिव नगेन्द्र प्रसाद संग्रौला, नगर कमिटी अध्यक्ष सुभास भट्टराई, मानव अधिकार एलायन्स केन्द्रीय सदस्य तथा कोशी इन्चार्ज रुद्र सिटौला, पूर्व जिल्ला कमिटी सदस्य अफ्रोज खान, जिल्ला सल्लाहकार सदस्य मदन आचार्य, टिकाराम खरेल तथा नगर उपाध्यक्ष मदन बुढाथोकी वडाका जनप्रतिनिधी हरी प्रसाद बाँस्कोटा धनसरी राजवशी लक्ष्मी रोक्का समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

अन्तरक्रियामा सुभास भट्टराई, नगेन्द्र संग्रौला, पवित्रा महतारा प्रसाई, प्रेम बहादुर गिरी लगायतका वक्ताहरूले सहभागीको प्रश्नका जवाफ दिनु भएको थियो । सहभागीहरूले विशेषगरी जिल्ला अध्यक्ष प्रेम बहादुर गिरीलाई धेरैजसो प्रश्न राखेका थिए भने गिरीले सहभागीका प्रश्नहरूको बुझाइअनुसार स्पष्ट र व्यावहारिक सहजीकरण गर्दै पार्टीको नीति, संगठनात्मक गतिविधि र स्थानीय तहका चुनौती सम्भावनाबारे खुला जवाफ दिनुभएको थियो साथै सोधिएका सबै प्रश्नहरूको सहज रुपमा सहजीकरण सहित उत्तरदिनु भएको थियो ।

प्रमुख अतिथि उमानाथ ओलीले कार्यक्रममा कम्युनिष्ट आचरण र संगठनात्मक अनुशासनका विषयमा विस्तृत धारणा राख्नु भएको थियो साथै बदलिँदो राजनीतिक वातावरणमा कम्युनिष्ट कार्यशैली अझ मजबुत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
स्थानीयस्तरमा पार्टीको उपस्थिति, संगठनात्मक सक्रियता र नेतृत्वसँग प्रत्यक्ष संवाद बढाउन गरिएको यो कार्यक्रम सहभागीहरूको सक्रियता र नेतृत्वको स्पष्टिकरणसँगै अत्यन्त सफल र प्रभावकारी भएको वडा कमिटी अध्यक्ष कोसिस घिमिरेले जनाएका छन ।

कार्यक्रमको सोधिएका प्रस्नको टिपोर्ट वडा सचिव श्री प्रसाद न्यौपानेले गरेका थिए भने कार्यक्रमको औचित्य स्कुल विभाग उपप्रमुख चक्र बिमलीले स्पष्ट पारेका थिए।
समग्र कार्यक्रमको सञ्चालन हिमाल मैनालीले गरेका थिए। साथै मैनालीले कार्यक्रमलाई अनुशासित, व्यवस्थित र सहभागीमैत्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

