झापा , नेकपा एमालेको महाधिवेशनको आगामी नया नेतृत्व चयनका लागी उम्मेदवारी फाराम वितरण सुरू गरीएको छ l
एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन् ।

आकांक्षीहरू धेरै हुँदा छापेर लगेका फाराम स्टक सकिएपछि अहिले लाइन लम्बिएको छ । ३०१ सदस्यीय केन्द्रीय कमिटी गठनका लागि एमालेका २२६३ जना प्रतिनिधि भृकुटीमण्डपमा भेला भएका छन् ।
निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी भोलि मतदान गर्ने गरी काम समय निर्धारण गरिएको छ ।
बिहान १२ बजेसम्म उम्मेदवारी फारम वितरणको समय निर्धारण गरिएको छ ।
दिउँसो २:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । उम्मेदवारविरुद्ध उजुरी दिने साढे २ देखि आधा घण्टालाई राखिएको छ । भने अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने कार्यतालिका टांस गरिएकोछ ।
