एमाले महाधिवेशनमा झापाबाट को को परे उम्मेद्वारी गर्ने 

झापा ,बिर्तामोड । नेकपा एमालेको केन्द्रीय नेतृत्व चयनका लागि हुने महाधिवेशनमा झापाबाट विभिन्न पदमा उम्मेद्वारी दर्ता भएका छन्।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलबाट सचिव पदमा हिक्मत कार्कीले उम्मेद्वारी दिएका छन्। त्यस्तै केन्द्रीय सदस्य पदका लागि देवेन्द्र दाहाल, दीपक कार्की, चिन्तन पाठक, होमबहादुर थापा, गोविन्द थापा, इन्द्र भण्डारी, रोमनाथ ओली, मनोज ताम्ली, निता घतानी, निर्मला पाठक, जलवर्षा राजवंशी, मेनुका काफ्ले, गीता अधिकारी, सुनिता बराल र मीना उप्रेतीले उम्मेद्वारी दिएका छन्।

यसैबीच, झापाकै अग्नि खरेलले सचिव पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन्। उता इश्वर पोखरेल नेतृत्वको प्यानलबाटझापाबाट रविन कोइरालाले उम्मेद्वारी दिएका छन्।

झापाबाट ओली प्यानल र इश्वर प्यानल साथै स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता भएसँगै महाधिवेशनमा झापाली नेताहरूको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसले पार्टीको भावी नेतृत्व चयनमा झापाको भूमिका उल्लेख्य रहने संकेत गरेको छ।