झापा ,बिर्तामोड – पौष ३ / पुर्वेली समाचार अनलाई पोर्टल आजबाट एक वर्ष पुरा भएर दोस्रो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामीलाई साथ दिनुहुने समस्त पाठक वर्ग, विज्ञापनदाता, सहयोगी महानुभाव तथा समस्त सञ्चारकर्मी ज्यूहरुलाई हार्दिक धनयवाद ज्ञापन गर्दछौं । हामीलाई थाहा छ पछिल्लो समय डिजिटल सञ्चारमाध्यममा अवसर र चुनौतिहरु धेरै छन् । हामीले पनि धेरै चुनौतिहरुको समाना गर्दै यहाँसम्म आएका हौं । हामी हाम्रो उद्धेश्य र लक्ष्यमा कहिले पनि बिच्चलित हुने छैनौ । हामीलाई थाहा छ प्रेस स्वतन्त्रता, अभिब्यक्ति स्वतन्त्रता, निष्पक्षता तथा पत्रकार आचारसंहितामा कतै पनि अविच्चलित नभई हाम्रा कर्महरुलाई अघि बढाईरहेका छौं ।

मोफसलमा सबैभन्दा धेरै पत्रकारहरु रहेको जिल्लाको रुपमा रहेको झापामा पत्रकारिता गर्नु निकै चुनौति छ । तर, हामीले चुनौतिहरुलाई अवसरका रुपमा ग्रहण गर्दै शुरु गरेको अनलाई पोर्टल आज दास्रो वर्षमा प्रवेश गर्दै गर्दा ३० हजार एक सय ५१ फर्लोस रहेका छन् । हामीलाई विश्वास गरेर एक वर्षको अवधिमा तीस हजार फर्लोस पुग्नुलाई सकरात्मक रुपमा लिएका छौं । बिर्तामोडमा बसेर हामीले अनलाइनको नाम, हाम्रो टिम फाइनल गर्दै गर्दा आ–आफ्नो ठाँउबाट सहयोग गर्ने सबैलाई सम्झिएका छौं । हाम्रो वेभ साइड डिजाईनमा खट्नुहुने प्राविधिक टिमलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दछौं ।
अनलाईन सञ्चार माध्यमको विश्वसनीयता माथि प्रश्न उठिरहँदा हामीले आम पाठकको विश्वासलाई जित्दै गएको अनुभूति गरेका छौं । अनलाइनमा हामीले शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, पर्यटन, उद्यम, राजनीति, कला, साहित्य, संगीति लगायतका सबै क्षेत्रलाई समेट्ने प्रयास गरेका छौं । सञ्चारमाध्यम भनेको आवाज बिहिनहरुको आवाज बन्नुपर्छ भन्ने कुरालाई हेक्का राखेर हामीले ग्रामिण परिवेशका धेरै विषयलाई उजागर गर्दै आएका छौं । शहरकेन्द्रि पत्रकारिताभन्दा पनि ग्रामिण पत्रकारितालाई प्रथमिकता दिदैं हामीले वेतिथी, भ्रष्ट्रचार, अनियमितता, ढिलासुस्ती र विकास निर्माणका विषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएका छौं । स्थापना ठूलो कुरा होइन निरन्तरता नै ठूलो भन्ने विषयमा हामी प्रष्ट छौं । आगामी दिनमा पनि हामी यस्ता विषयलाई केन्द्रमा राखेर हाम्रो यात्रालाई अझ शसक्त, मजबुद र जिम्मेवार ढंगबाट अघि बढ्ने प्रण गर्दछौं । हामीलाई विश्वास छ अबको हाम्रो यात्रामा यहाँहरुको अझ धेरै साथ र सहयोग मिल्ने छ । पुर्वेली समाचार डटकमलाई माया गर्नुहुने सबैमा हृदयदेखि नै आभार ब्यक्त गर्दछौं ।

