महाभारतकालीन विरासत बोकेको मेचीनगर-५ मा आठ वर्षपछि भव्य मेला सम्पन्न

मेचीनगर तथा  मा आठ वर्षमा एक पटक मात्र लाग्ने ऐतिहासिक मेला आज सम्पन्न भएको छ। स्थानीयकिंवदन्तीअनुसार महाभारतकालमा भीमले किचकलाई लखेट्ने क्रममा प्यास लाग्दाउनले अर्जुनका लागि पातालबाटबाण हानेर पानी निकालेका थिए। सोही स्थलबाट गङ्गा उत्पन्न भएको विश्वासका आधारमा यस स्थानलाईपातालगङ्गा’ नामकरण गरिएको जनश्रुति छ।

शिवमहात्म्य प्रवचनसहित चार कालीन सत्र सञ्चालन गरिएको मेलामा हजारौँ भक्तजनको उपस्थिती रहेको थियो।घैलाडुब्बा शिवालय तथा पातालगङ्गा संरक्षण समितिका अध्यक्ष गणेश खरेलको अध्यक्षतामा सम्पन्न मेलामा झापाक्षेत्र नं का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मामेचीनगर नगरप्रमुख गोपाल बुढाथोकीमेचीनगर का वडाअध्यक्ष गिरिराज धमलामेचीनगर का वडा अध्यक्षलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको आर्थिक समितिकासदस्य मुकेश शर्माले जानकारी दिए।

महाशिवरात्रिको अवसरमा स्वकामी धिमाल प्रतिष्ठानले निःशुल्क पानी तथा एम्बुलेन्स सेवा उपलब्ध गराएको थियोभने मेचीनगर लेडिज जेसीजले पनि निःशुल्क पानी वितरण गरेको समितिका सचिव निरज खालिङ राईले जानकारीदिए।