बिर्तामोड । सहिद नेत्र पार्क खेल मैदानमा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा न ३ बिजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

वडा न ३ ले वडा न ९ लाई ४-१ गोल अन्तरले पराजित गरेको थियो । वडा न ३ को लागि आशिष चापागाईं ले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरे ।
वडा न ९ का राम मर्डीले खेलको अन्त्यतिर सान्त्वना १ गोल फर्काए । खेलको प्लेयर अफ द म्याच बिजेता टोली वडा न ३ का आशिष चापागाईं भए । उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए । मंगलबारको खेल वडा न २ र वडा न १० बीचमा हुने छ ।
आज सोही मैदानमा भएको दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिताबाट वडा ३ सेमिफाइनलमा प्रवेश गरेको छ ।

वडा न ३ ले वडा न ९ लाई ३-२ गोल अन्तरले पराजित गरेको छ । वडा न ३ का लागि, बिष्णु सुब्बा, पदम बस्नेत र किशोर ओलीले समान १ गोल गरेका थिए ।
वडा उमेश राई र राजन मगरले गोल गर्न सफल भए ।
खेलको प्लेयर अफ द म्याच वडा न ३ का पहिलो गोलकर्ता बिष्णु सुब्बा घोषित भए । उनले नगद १ हजार ५ सय रुपैया पुरस्कार पाए ।
भेट्रान्स अन्तर्गतको मंगलबारको क्वाटरफाइनल खेल वडा न २ र वडा न १० बीच हुने आयोजकले जनाएको छ । भेट्रान्स प्रतियोगिताको विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।
