राष्ट्रिय फोटो पत्रकार समूहको झापा जिल्ला शाखा गठन 

झापा बिर्तामोड  साउन १० । राष्ट्रिय फोटो पत्रकार समूहको झापा जिल्ला शाखा गठन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा नेत्र विक्रम बिमली चयन भएका छन् ।

उपाध्यक्षमा सन्तोष न्यौपाने, सचिवमा भरत प्रसाई र कोषाध्यक्षमा कवि गुरागाई चयन भएका छन् । यस्तै, कार्यसमिति सदस्यहरूमा चन्द्र बस्नेत, देव बास्कोटा र हेमन्त मैनाली रहेका छन् ।

समितिलाई सशक्त बनाउँदै सुझाव र मार्गदर्शन प्रदान गर्न सल्लाहकार समिति समेत गठन गरिएको छ । उक्त समितिको संयोजकमा पत्रकार महासंघ झापाका पूर्वसभापति मोहन काजी न्यौपाने चयन भएका छन् । सदस्यमा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बालबालिका तथा शिक्षा मञ्च झापाका संयोजक सरोज पौडेल र पत्रकार उद्धव पुरी रहेका छन् ।

समितिले झापामा फोटो पत्रकारिताको स्तर उकास्न तालिम, अन्तरक्रिया, प्रदर्शनी लगायतका विविध कार्यक्रमहरू सञ्चालन गर्ने र त्यसका लागि केन्द्रीय समितिसँग सहकार्य गर्ने जनाएको छ । नेपाल पत्रकार महासंघ झापा जिल्ला पूर्वसभापति मोहन काजी न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।