एमाले कोशीबाट राष्ट्रिय सभामा सोमनाथ पोर्तेल रोस्नी मेचे

बिर्तामोड पुस २३, बुधबार
झापा-आज हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट सोमनाथ पोर्तेललाई र रोश्नी मेचेलाइ उम्मेद्वार बनाएको छ ।

पोर्तेललाइ गएराती अध्यक्ष केपी शर्मा ओलीको सचिवालयबाट टेलिफोन गरेर आफूलाई उम्मेद्वार तोकिएको जानकारी आएको बताउनुभयो ।
झापाका पोर्तेल यस अघि जिल्ला समन्वय समितीका प्रमुख हुनुहुन्थ्यो । उहाँ हाल मुक्ती समाज नेपालको उपमहासचिव हुनुहुन्छ ।

राष्ट्रिय सभाको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । माघ ११ गते रिक्त भएका १८ वटा सिटमा निर्वाचन हुँदैछ । पोर्तेललाई दलित क्लस्टरतर्फ उम्मेद्वार बनाइएको हो । कोशीको महिला क्लस्टरमा रोसनी मेचेलाई एमालेले उम्मेद्वार निर्णय गरिसकेको छ ।