२४ घन्टा नबित्दै युवा संघ दमक पुनर्गठन, सुदिप फागो अध्यक्ष चयन

दमक । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ दमकका अध्यक्ष र उपाध्यक्षले संगठन परित्याग गरेपछि उत्पन्न भएको अवस्थालाई व्यवस्थापन गर्दै पार्टीले २४ घन्टा नबित्दै नयाँ नगर कमिटी गठन गरेको छ।

आज बिहान युवा संघ दमकका तत्कालीन अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङले संगठन छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका थिए।अध्यक्ष र उपाध्यक्षले राजीनामा दिएपछि रिक्त बनेको नगर नेतृत्वलाई तत्काल व्यवस्थापन गर्दै युवा नेता सुदिप फागोको अध्यक्षतामा नयाँ नगर कमिटी गठन गरिएको हो। पार्टीका अनुसार नयाँ कमिटीमा एक दर्जनभन्दा बढी युवालाई समेट्दै संगठनलाई पूर्णता दिइएको छ।

पार्टी स्रोतका अनुसार निर्वाचनको मुखमा संगठन कमजोर पर्न नदिन एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा युवा संघ दमकको नगर कमिटी पुनर्गठन गरिएको हो।पार्टीले अध्यक्ष र उपाध्यक्ष बाहिरिए पनि संगठनको मूल संरचना यथावत् रहेको र अन्य पदाधिकारी तथा अधिकांश सदस्य संगठनमै रहेको जनाएको छ।

Leave a Reply