प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार फिर्ता लिन माओवादीको आह्वान

झापा ,बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) को प्रतिनिधिसभाको कथित निर्वाचनमा दर्ता गरिएका आफ्ना उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गरेको छ।

पार्टी केन्द्रीय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा कथित निर्वाचन प्रक्रियालाई अस्वीकार गर्दै राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र क्रान्तिकारी आन्दोलनको संरक्षणका लागि उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “अमेरिकी साम्राज्यवादद्वारा निर्देशित निर्वाचन प्रक्रियामा सहभागी नहुन तथा जनताको रगतमा होली नखेल्न उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दछौं।”

माओवादीले उम्मेदवारी फिर्ता नलिने उम्मेदवारमाथि पार्टी विधानअनुसार आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएको छ। साथै, जनआन्दोलनका क्रममा बलिदान दिएका युवाहरूको सम्मानस्वरूप उम्मेदवारी फिर्ता लिनु आजको ऐतिहासिक आवश्यकता भएको पार्टीको ठहर छ।

पार्टीले सम्पूर्ण उम्मेदवार, कार्यकर्ता तथा समर्थकलाई जनताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्दै क्रान्तिकारी अभिवादन व्यक्त गरेको छ।

विज्ञप्ति पूर्व कमाण्ड नेपाल, कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट जारी गरिएको हो।

Leave a Reply