कोशी प्रदेशभरिका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा निर्णायक तहमा महिलाको भूमिकाबारे केन्द्रित अन्तरक्रियात्मक गोष्ठी विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले गमलाका बिरुवामा जल सिंचित गरी उद्घाटन गर्नुभयो।

खानेपानी तथा उपभोक्ता महासंघ नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रम महासंघका अध्यक्ष राजेन्द्र अर्यालको सभापतित्वमा भएको थियो। कार्यक्रममा खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वान्तवा राई, दुर्गा चापागाईं लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
विराटनगरको एयरपोर्ट रोड स्थित एशियाटिक होटलमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश भरिका विभिन्न खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।