हर्कलाला रोड, चन्द्र मार्ग र गोकुल जोसी मार्ग निर्माणका लागि बजेट सुनिश्चित

बिर्तामोड, माघ २४ – बिर्तामोड नगरपालिकामा पर्ने हर्कलाला रोड, चन्द्र मार्ग र गोकुल जोसी मार्ग यसै आर्थिक वर्षको मसान्तसम्म सम्पन्न हुने गरी आवश्यक बजेट सुनिश्चित भएको छ।

विगत लामो समयदेखि स्थानीयबासीले माग गर्दै आएका यी तीन महत्वपूर्ण सडक निर्माणका लागि बजेट व्यवस्थापन भइसकेको बिर्तामोड नगरपालिकाले जनाएको छ।

सडक निर्माण कार्य अघि बढाउन सहयोग पुर्याएकोमा संघीय संसद्का सम्माननीय सभामुख देवराज घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहाल, बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईं तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गरिएको छ।

बजेट सुनिश्चित भएसँगै अब यथाशीघ्र सडक निर्माण प्रक्रिया अगाडि बढ्ने नगरपालिकाले जनाएको छ। स्थानीय स्तरमा यातायात सहज बनाउन यी सडकहरू निर्माण सम्पन्न गर्नु महत्वपूर्ण हुने नगरपालिकाको धारणा छ।