खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको ६ महिनाको प्रगति विवरण सार्वजनिक

बिर्तामोड, माघ २४ विराटनगर, – खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा आज एक कार्यक्रमबीच मन्त्रालयको पछिल्लो ६ महिनाको प्रगति विवरण सार्वजनिक गरिएको छ।

कार्यक्रममा प्रदेशका १४ जिल्लाका १४ सिँचाइ डिभिजनका प्रमुखहरू, १४ जिल्लाका खानेपानी डिभिजनका ७ प्रमुखहरू, साथै कन्काई, चन्दामहना र भूमिगत सिँचाइ डिभिजनका प्रमुखहरू तथा मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

६ महिनाको अवधिमा ४२ प्रतिशत भौतिक प्रगति हासिल गरिएको विवरण सार्वजनिक गर्दै कार्यक्रम सञ्चालन मन्त्रालयका कानुन अधिकृत योगराज गिरीले गर्नुभएको थियो। मन्त्रालयका सचिव प्रदीप कुमार वान्तवा राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री एकराज कार्की प्रमुख अतिथि रहनुभएको थियो। साथै, महासाखा प्रमुख कृष्णकुमार राजबंशी र सञ्जय कुमार पोखरेल कार्यक्रमका विशेष अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा मन्त्रालयका विभिन्न परियोजनाको प्रगतिबारे छलफल गरिएको थियो भने आगामी योजना र चुनौतीबारे समेत समीक्षा गरिएको थियो।

/

उक्त कार्यक्रममा खानेपानी सिचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले लामो समय अघि सुरु गरिएका तर विविध समस्याका कारण सम्पन्न नभएका परीयोजनाहरुबारे आफ्नो गम्भीर चासो रहेको बताएका छन्। मन्त्री कार्कीले यस्ता परियोजनाहरुलाई यसै वर्ष र आउने आर्थिक वर्षमा सम्पन्न गर्ने गरी अघि बढ्न निर्देशन समेत दिएका छन्।