बिर्तामोडमा डेङ्गी नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु, ग्यारेज क्षेत्र उच्च जोखिममा

बिर्तामोड, असार १७  — डेङ्गी संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै बिर्तामोड नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ। बिर्तामोड नगर अस्पतालको आयोजनामा मगलबार  वडा नं. ३ का विभिन्न ग्यारेज, पसल र सम्भावित जोखिमयुक्त स्थानहरूमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य गरिएको छ l 

स्वास्थ्यकर्मी कृष्णप्रसाद काफ्ले, बबिन सुवेदी स्वमसेवीका भुमिका अधिकारी, सगिता थापा, सञ्चारकर्मी टिकाराम बास्तोला तथा स्थानीय प्रतिनिधिहरू कोसिश घिमिरे, दिनेश अधिकारी, जीवन रिजाल, कृष्ण बारकोटी, पदम प्रसाई ,जगन्नथ भट्टराई ऋतु खनाल लगायतको टोलीले सक्रिय सहभागिता जनाएका थिए।

स्वास्थ्य टोलीका अनुसार अधिकांश ग्यारेजहरूमा लामखुट्टेले फुल पार्ने अनुकूल अवस्था देखिएको छ। अधिकांश ग्यारेजका टायरमा पानी जमेको फोहोर वातावरण रहेको पाइयो सो केही हदसम्म  मोबिल/मट्टितेल मात्र पनी जमेको पानीमा हल्दा डेङगी नियन्त्रणमा सहयोग पुग्ने भए पनी सो ज्ञान सम्म नरहेको  देखिएको छ l 

 स्थानिय समाजसेवि कोसिस घिमिरेलेका अनुसार रोग नियन्त्रणका लागी “महामारी रोग नियन्त्रण नगर संयोजक ” ॐ खड्कालाइ ग्यारेज ब्यवसायीहरुलाइ सचेतना कार्यक्रम राख्न आग्रह गरेकाछन l

“ग्यारेज व्यवसायीहरूसँग सरसफाइ, सचेतना र जोखिम नियन्त्रणको जानकारीको अभाव देखियो,” एक स्वास्थ्यकर्मीले बताए, “यस्ता स्थानमा थप छलफल तथा चेतना कार्यक्रम आवश्यक  देखिएको छ र यो सबै तिर सन्चालन अभियानबाट डेङ्गी नियन्त्रणको सुरुवात गरिने  नगर अस्पतालले जनाएको छ।