फिदिममा फाल्गुन २ गते दीपक बज्राचार्य एन्ड द रिदम ब्यान्डको साङ्गीतिक कार्यक्रम

फाल्गुन २ गते भ्यालेन्टाइन डे को अवसरमा फिदिम मावि खेलमैदानमा दीपक बज्राचार्य एन्ड द रिदम ब्यान्डको विशेष साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ।

हेल्प टुगेदर फाउन्डेसन, फिदिम–पाँचथरले क्लोथ बैंक सञ्चालनका लागि कोष संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो। आयोजकका अनुसार कार्यक्रममा विशेष प्रस्तुतिहरू रहनेछन्, जसले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछ।

साङ्गीतिक कार्यक्रममार्फत सामाजिक कार्यलाई प्रवर्द्धन गर्दै सहयोगका लागि प्रेरित गर्न खोजिएको फाउन्डेसनले जनाएको छ।