
बिर्तामोड नगरपालिका वडा नम्बर ७ स्थित शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प, गोलधाप बाट सरुवा भई जानुहुने प्रहरी नायब निरीक्षक (सई) ज्वाला खड्का को बिदाइ तथा नवआगन्तुक सई कुमार खड्का को स्वागत कार्यक्रम सम्पन्न भएको छ।

उक्त अवसरमा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी तथा योजना शाखा प्रमुख जय तिम्सिना उपस्थित हुनुहुन्थ्यो।