प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।…
७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।…
७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको १३ महिनामै प्रा.डा. केशरजंग बरालले राजीनामा दिए । त्रिवि स्रोतका अनुसार शुक्रबार उनले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका हुन् । गत…
नेपाल पत्रकार महासङ्घले शुक्रबार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध प्रकट गरेको छ । महासङ्घको आज बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले शुक्रबारको घटनामा क्षति पुर्याइएका सञ्चारगृहको अनुगमन, घाइते सञ्चारकर्मी…
झापा, अस्वस्थकर खानपानका कारण पछिल्लो समय मानिसमा नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा झापाका प्रमुख रमेश वराकोटीले बताएका छन् । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा…
झापा। यातायात व्यवस्था कार्यालय झापाको उदासीनताका कारण सयौं सेवाग्राहीहरू ठगिएका छन्। कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नक्कली गरी एक बिचौलियाले सेवाग्राहीलाई ठगेको खुलासा भए पनि यसलाई रोक्न कार्यालयले कुनै पहल…
झापा जिल्लामा सवारी दुर्घटनामा परी ६६ जनाको ज्यान गएको छ । चालु आवको आठ महिनाको अवधिमा आठ सय७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । दुर्घटनामा एक हजार तीन सय ९६ जना घाइते भएका छन् । यताकार्यालयले आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चार सय ५९ वटा सवारी साधनलाईकारबाही गरेको छ । जसबाट कार्यालयले दुई करोड ६६ लाख ६१ हजार राजश्व समेत संकलन गरेको छ । दुर्घटना न्यूनीकरणका लागिकार्यालयले जिल्लाका विभिन्न स्थानमा तीन हजार सात सय ८२ वटा जनचेतनामूलक कार्यक्रम गरेको छ भने तीकार्यक्रमबाट एक लाख ५५ हजार ५३ जना लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरीनिरीक्षक गणेश पौडेलले जानकारी दिए । उता, झापामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक शिक्षक’ कार्यक्रम समेत सञ्चालनमा ल्याइएको उनलेबताए । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘ट्राफिक शिक्षक’ कार्यक्रम सञ्चालनमाल्याइएको ट्राफिक प्रमुख पौडेलको भनाई छ
झापा— झापाका १३ वटा क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ(नेविसंघ) ले वर्चस्व कायम गरेको छ। नेविसंघले ९ क्याम्पसमा जित हात पार्दै पहिलो संगठन बन्न सफल भएको छ।एमाले निकट अनेरास्ववियुले ३ क्याम्पसमा जित निकाल्दा राप्रविसंघले १ क्याम्पसमा सभापति पद हात पारेको छ।माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले भने एक क्याम्पसमा पनि जित निकाल्न सकेन। झापाको सबैभन्दा ठूलो र केन्द्रीय क्याम्पस मानिने मेची बहुमुखी क्याम्पसमा पहिलो पटक महिला नेतृत्व चयन भएकोछ। सभापतिमा नेविसंघकी निलम कार्की निर्वाचित भएकी छन्, जसले क्याम्पस इतिहासमै पहिलो महिला सभापतिबन्ने गौरव हासिल गरिन्। यसैगरी, दमक बहुमुखी क्याम्पसमा पनि नेविसंघको जित भएको छ, जहाँ भूपेन्द्र बस्नेत(भुवन) सभापति निर्वाचित भए। अन्य नेविसंघ विजयी क्याम्पसहरूमा कनकाई क्याम्पस सुरुङ्गामा वासुदेव निरौला, कनकाई आदर्श क्याम्पसबिर्तामोडमा किरण गुरुङ, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा श्रीजित ढुङ्गाना, शनिश्चरे क्याम्पस अर्जुनधारामा विशालथापा, काँकडभिट्टा क्याम्पस मेचीनगरमा सुरज राई, गौरीगञ्ज क्याम्पस गौरीगञ्जमा रोशन यादव निर्वाचित भएकाछन्। एमाले निकट अनेरास्ववियुले ३ क्याम्पसमा सभापति जितेको छ, जसमा त्रिदेव बहुमुखी क्याम्पसमा ईश्वर रिजाल, सितारामेश क्याम्पस बुद्धशान्तीमा अशोक भण्डारी, गौरादह बहुमुखी क्याम्पसमा तुलसीराम पौडेल निर्वाचित भएकाछन्। यस्तै, बिर्तामोडको गरामनी क्याम्पसमा राप्रविसंघका केशव खरेल सभापति निर्वाचित भएका छन्। यसपटकको स्ववियु निर्वाचनमा नेविसंघको प्रभावशाली उपस्थिति देखिएको छ भने अनेरास्ववियु (क्रान्तिकारी) कोशून्य नतिजाले विद्यार्थी राजनीतिमा नयाँ संकेत गरेको विश्लेषण गरिएको छ।
बिहीवार बिहान ८ बजेदेखि देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण…
बिर्तामोड । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी झापामा अनावरण गरिएको छ । साथै, जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौँमा चैत १६ गतेदेखि हुने प्रतियोगिताको ट्रफी…
बिर्तामोड, ५ फागुन : झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको…