अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
बिर्तामोड, २२ बैशाख : जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा एकै परिवारका ३ जना अपाङ्गता भएकाव्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको छ । वडा नम्बर ५ बुद्द टोलस्थित प्रेम बहादुर लिम्बु र मनकुमारी शेर्माका तिम्ल्याहा छोरी अति अशक्त १७ वर्षिय आकृतीलिम्बु, ईन्तुसा लिम्बु र ईक्सा लिम्बुलाई जिल्ला प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको हो । उनिहरुलाईसहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले नागरिकता प्रदान गर्नु भयो । उनिहरु तीन जना मध्ये ईन्तुसाओच्छ्यानबाट उठ्न नसक्ने अवस्थाकी छिन् । वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईसहित प्रमुखप्रशासकीय अधिकृत मोहनलाल पनेरु, नायव सुव्वा यदुनन्दन दाहाल, जिवन पौडेल, कर्मचारी नारायण राजवंशीकोटोलीले नागरिकता प्रदान गरेको हो । अति अशक्त, अपाङ्गता भएका व्यक्ति कार्यालयसम्म पुग्न निकै समस्या हुने गरेकाकारण घरमै पुगेर नागरिकतावितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।