झापाको दमकमा छोराले इटा प्रहार गर्दा बाबु घाइते 

झापा , बिर्तामोड / झापाको दमकमा आफ्नै छोराले बाउलाइ गएराति करिब ९ बजेतिर स्थानीय ४० वर्षीय केदार चौधरीमाथि उनका १७ वर्षीय छोरा मनिश चौधरीले टाउकोमा इटा प्रहार गरेका हुन्। सामान्य घरायसी विवादका क्रममा सुरु भएको झगडा उग्र बन्दा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

इटा प्रहारबाट घाइते भएका केदार चौधरीको दमक अस्पताल मा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको टाउकोमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको बताइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply