नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडद्वारा  रक्तदान 

बिर्तामोड– नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले  झापाको बिर्तामोडमा रक्तदान आयोजना गरेको छ । झापामा रगतको अभाव बढ्दै गइरहेका बेला महासङ्घको नगर कमिटीले रक्तदान आयोजना गरेको हो ।

Screenshot

 रक्तदानका कार्यक्रम कम भइरहेका बेला रगतको बढ्दो अभाव टार्न रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीका अध्यक्ष युवराज निरौलाले बताए ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।अध्यक्ष निरौलाका अनुसार समयमा रगत नपाउँदा ज्यानै गएका कतिपय घटना पनि छन् ।

रगतको बढ्दो संकट व्यवस्थापनका लागि सचेत नागरिकको भूमिका महत्वपूर्ण हुने अध्यक्ष निरौलाले बताए । नेपाल रेडकस सोसाइटीको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदानमा ४२ जनाले रगत दिएका छन् ।