राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत बिर्तामोड ३ मा ४११ बालबालिकाको स्वास्थ्य परीक्षण

बिर्तामोड, झापा / बिर्तामोड नगरपालिकाका १० वटै वडामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम २०८३ सफलतापूर्वक सञ्चालन गरिएको छ। ६ महिना देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्थाको पहिचान तथा उपचार व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम चैत्र २१ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको थियो।

बिर्तामोड–३ का पोषण फोकल पर्सन कृष्ण काफ्लेका अनुसार वडा नम्बर ३ मा सुरुमा ३ स्थान तोकिए पनि वडा नम्बर ३ का सबै बालबालिकाको  पहुच सम्म पुगियोस भन्ने मध्यनजर गर्दै ५ स्थानबाट परीक्षण सेवा प्रदान गरिएको थियो।

उक्त परिक्षण कार्यक्रम अन्तर्गत ४११ जना बालबालिकाको पोषण परीक्षण गरिएकोमा ३८१ जनामा सामान्य पोषण अवस्था भएको देखिएको छ भने २६ जनामा मध्यम कडा कुपोषण र ३ जनामा सिघ्र कडा कुपोषण भेटिएको पोषण फोकल फर्सन कृष्ण काफ्लेले जानकारी दिए। सिघ्र कडा कुपोषण भएका बालबालिकालाई तत्काल पोषण पुनःस्थापना केन्द्रमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए।

कार्यक्रममार्फत बालबालिकाको तौल, उचाई, पाखुराको परिधिको विशेष खालको मापन यन्त्रबाट मापन गरि WHO मापदण्ड अनुसारको बृद्दी विकास भए नभएको यकिन गरि उमेर समूह अनुसार बालबालिकाले खानु पर्ने खानाको प्रकार तथा परिमाण बारे पनि  स्यारकर्तालाई परामर्श प्रदान गरिएको थियो। उक्त परीक्षणमा कुपोषणको पहिचान, परामर्श तथा आवश्यक उपचार व्यवस्थापन गरिएको थियो। बिर्तामोड  नगरका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय सहभागिताले कार्यक्रम प्रभावकारी बनेको जनाइएको छ।

बालबालिकामा कुपोषण न्यूनीकरण गरी स्वस्थ भविष्य निर्माण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीले बताए  ।

Leave a Reply