महेन्द्र रत्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्रीप्रसाद न्यौपाने चयन 

बिर्तामोड, झापा । महेन्द्र रत्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा श्री प्रसाद न्यौपाने सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

नेपाल सरकारद्वारा जारी नेपाल सेवा ऐनसम्बन्धी व्यवस्था तथा पछिल्लो संशोधनअनुसार पुनर्गठित विद्यालय व्यवस्थापन समितिको बाँकी कार्यकालका लागि अध्यक्षमा चयन भएका छन l

शिक्षा क्षेत्रप्रति युवाहरुको कम सक्रिय सहभागिता भएको समयमा नेतृत्व सम्हाल्न आउनुभएका न्यौपानेको नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास, सुशासन तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा थप सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले विद्यालयको समग्र उन्नति, गुणस्तरीय शिक्षा प्रवर्द्धन र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणलाई प्राथमिकतामा राखी सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँको कार्यकाल विद्यालयको प्रगति, शैक्षिक सुधार र समुदायको अपेक्षा अनुरूप सफल, प्रभावकारी तथा प्रेरणादायी बन्न सकोस् भन्ने बिर्तामोड वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकीले शुभेच्छा व्यक्त गर्नु भएकोछ।

Leave a Reply