बेलायतको नम्बर १ बन्यो बीपीपी युनिर्भसीटी जित्यो वेष्ट युके युनिर्भसीटी अवार्ड

झापा , बिर्तामोड /  बीपीपी युनिर्भसीटीले बेलायतको सर्वश्रेष्ठ बेलायती विश्वविद्यालय अवार्ड जितेको छ । स्टुडेन्टक्राउडले सार्वजनिक गरेको उत्कृष्ट २० विश्वविद्यालयहरूको सूचीमा समावेश हुँदै बेलायतको BPP University ले सर्वश्रेष्ठ विश्वविद्यालयको अवार्ड जितेको हो ।

बेलायतको सबैभन्दा विश्वासिलो स्टुडेण्ड रिभ्यु प्लेटफर्म स्टुडेन्टक्राउडमा वास्तविक विद्यार्थीहरूले गरेको मतदान अनुसार विपिपि विश्वविद्यालयले २०२६ का लागि पहिलो स्थान हासिल गरेको हो ।

वास्तविक विद्यार्थीहरूले दिएको रिभ्यु र र्याङ्किङको आधारमा यो सूची तयार पारिएको स्टुडेन्टक्राउडले जनाएको छ । BPP University को overall student rating ५ मा ४.५४ ल्याएर पहिलो भएको हो । विश्वविद्यालयकाे रिभ्युमा विद्यार्थीहरूले लेखेका छन्, “BPP विश्वविद्यालयमा मेरो समग्र अनुभव धेरै सकारात्मक रहेको छ ।

विश्वविद्यालयले सहयोगी कर्मचारी र राम्रो शैक्षिक स्रोतहरू सहितको सहयोगी सिकाइ वातावरण प्रदान गर्दछ। एक अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा, मैले वातावरणलाई स्वागतयोग्य, शैक्षिक र व्यक्तिगत विकास दुवैको लागि उपयुक्त पाएँ।”

विपिपि विश्वविद्यालय उत्कृष्ट घोषणा भएपछि नेपालमा मार्केटिङ गरिरहेका विश्वविद्यालयका प्रतिनिधिहरूले भव्य स्वागत गरेका छन् । विश्वविद्यालयको कन्ट्री म्यानेजर तथा द अफिसियल रिप्रिजेन्टेटिभका प्रतिनिधि शिव केसीले विश्वविद्यालयको सुविधाकै आधारमा उत्कृष्ट बनेको बताउँदै अगस्ट इन्टेक २०२६ का लागि विद्यार्थी भर्ना गर्न शैक्षिक कन्सल्टेन्सीलाई अनुरोध गरेका छन् ।

Leave a Reply