२० अर्बको लगानीमा भैंसी मासु प्रशोधन उद्योग स्थापना हुने

बिर्तामोड ,झापा -साउन १२ / चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले सिन्धुलीको मारिण–४ मा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्ने भएको छ। गत बर्षको मंसिरमा के पी शर्मा ओलीको चीन भ्रमणका बेला दुइ देश हस्ताक्षरित समझदारी  भए अनुसार २० अर्ब रुपैयाँ बराबरको उधोग विभागले प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति दिएको हो।

उद्योगले वार्षिक दुई लाख मेट्रिक टन भैंसीको मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादनहरू (छाला, भित्री अंग, टाउको आदि) उत्पादन गर्नेछ। उद्योग संचालनमा आएपछि ५ हजार १५६ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना हुने बताइएको छ।

सरकारका अनुसार उक्त उद्योगबाट वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको मासु चीन निर्यात हुने अनुमान गरिएको छ। यसले नेपालको निर्यात व्यापारमा उल्लेखनीय योगदान पुर्‍याउने र स्थानीय रोजगारीमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपालमा यति ठूलो परिमाणमा मासु प्रशोधन र निर्यातको सम्भावना पहिल्यै देखिए पनि लगानी र पूर्वाधारको अभावले अगाडि बढ्न सकेको थिएन। तर चिनियाँ लगानीको यो परियोजनाले दीर्घकालीन आर्थिक लाभ दिने विश्वास लिइएको छ। मारिणमा २० अर्बको लगानीमा भैंसी मासु प्रशोधन उद्योग स्थापना हुने

सिन्धुली — चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले सिन्धुलीको मारिण–४ मा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्ने भएको छ। गत बर्षको मंसिरमा के पी शर्मा ओलीको चीन भ्रमणका बेला दुइ देश हस्ताक्षरित समझदारी  भए अनुसार २० अर्ब रुपैयाँ बराबरको उधोग विभागले प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति दिएको हो।

उद्योगले वार्षिक दुई लाख मेट्रिक टन भैंसीको मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादनहरू (छाला, भित्री अंग, टाउको आदि) उत्पादन गर्नेछ। उद्योग संचालनमा आएपछि ५ हजार १५६ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना हुने बताइएको छ।

सरकारका अनुसार उक्त उद्योगबाट वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको मासु चीन निर्यात हुने अनुमान गरिएको छ। यसले नेपालको निर्यात व्यापारमा उल्लेखनीय योगदान पुर्‍याउने र स्थानीय रोजगारीमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपालमा यति ठूलो परिमाणमा मासु प्रशोधन र निर्यातको सम्भावना पहिल्यै देखिए पनि लगानी र पूर्वाधारको अभावले अगाडि बढ्न सकेको थिएन। तर चिनियाँ लगानीको यो परियोजनाले दीर्घकालीन आर्थिक लाभ दिने विश्वास लिइएको छ।