मुस्कानसहित सेवामा समर्पित हुदै प्रहरी निरीक्षक प्रकाश पराजुली

झापा बिर्तामोड  इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक प्रकाश पराजुली पछिल्लो समय सुनसरीमा शान्तिसुरक्षा कायम राख्ने कार्यमा सक्रिय प्रहरी अधिकृतका रूपमा परिचित छन्। संवेदनशील तथा चुनौतीपूर्ण परिस्थितिमा समेत संयमित रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका पराजुलीको कार्यशैलीलाई स्थानीयवासीले प्रशंसा गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत रहँदादेखि नै जिल्लाका विभिन्न संवेदनशील घटना तथा परिस्थितिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पराजुलीले कप्तानगञ्ज घटनाका क्रममा समेत शान्तिसुरक्षा कायम राख्न विशेष सक्रियता देखाएका थिए। स्थानीयवासीसँग निरन्तर समन्वय गर्दै सम्भावित तनाव नियन्त्रणमा लिन तथा वातावरणलाई सामान्य बनाउन उनले अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरेका थिए।

विशेषगरी हिन्दु–मुस्लिम समुदायबीच उत्पन्न तनाव तथा दंगाको परिस्थितिमा समेत पराजुली सक्रिय रूपमा सुरक्षा व्यवस्थापनमा खटिएका थिए। संवेदनशील अवस्थामा सुरक्षा निकायको उपस्थितिलाई प्रभावकारी बनाउँदै समुदायबीचको संवाद र समन्वयलाई प्राथमिकता दिएको भन्दै उनको भूमिकाको प्रशंसा गरिएको छ।

हुलदंगा होस् वा सडक अवरोध, आन्दोलन होस् वा अन्य संवेदनशील परिस्थिति—पराजुलीको कार्यशैलीमा संवाद, समन्वय र संयमता प्राथमिकतामा पर्ने गरेको देखिन्छ। कठोर परिस्थितिमा समेत मुस्कानसहित प्रस्तुत हुने र स्थानीय नागरिकसँग सहज रूपमा संवाद गर्दै समस्या समाधानतर्फ अघि बढ्ने उनको शैलीले धेरैको ध्यान खिचेको छ।

प्रहरी सेवामा अनुशासन र कानुन कार्यान्वयनसँगै नागरिकमैत्री व्यवहारलाई पनि उत्तिकै महत्व दिनुपर्ने उनको कार्यशैली देखिन्छ। स्थानीयवासीका अनुसार पराजुलीले सुरक्षाकर्मीको जिम्मेवारीलाई केवल कानुन कार्यान्वयनमा सीमित नराखी नागरिकसँग सहकार्य र समन्वयमार्फत शान्तिपूर्ण वातावरण निर्माण गर्ने प्रयास गर्दै आएका छन्।

शान्तिसुरक्षा कायम गर्ने क्रममा आवश्यक पर्दा कडाइका साथ प्रस्तुत हुने तर आम नागरिकसँग भने सहज, नम्र र मुस्कानसहित व्यवहार गर्ने पराजुलीको शैलीलाई प्रहरी सेवाको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ। नागरिकको विश्वास जित्दै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने उनको प्रयासले प्रहरी र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुगेको स्थानीयको भनाइ छ।

Leave a Reply