झापामा धान खेतीको शुरु तर किसान मल र पानीको अझै समस्याबाट मुक्त छैनन्

झापा, असार १२ गते —

झापा जिल्लामा यस वर्षको धान खेती  रोपाइ शुरु भएको छ । स्थानीय कृषकहरू असार महिनाको वर्षालाई स्वागत गर्दै खेतमा रोपाइँमा व्यस्त देखिन्छन्। तर, राम्रो उत्पादनको आशा गरेका किसानहरूलाई मल अभाव, श्रमिकको कमी र सिँचाइको समस्या जस्ता पुराना चुनौतीहरूले अझै सताइरहेका बताउछन ।

बिर्तामोड नगरपालिका वडा नमबर १० का कृषक समिर  घिमिरे भन्छन्, “यसपालि समयमै वर्षा भएकोले रोपाइँ राम्रो हुँदैछ, तर मल र कामदारको अभावले काम सुस्त भएको छ।” उनका अनुसार खेत तयारी गर्न यत्रा–कतैबाट कामदार ल्याउनु परिरहेको छ जसले गर्दा खर्च झनै बढाएको बताए l 

हामीले किसानलाई प्राविधिक संगै सिन्चाई उन्नत बीउ विजन वितरणमा यथेस्ट सहयोग गरेका छौ तर मल सर्वसुलब व्यवस्थापनका लागि सम्बन्धित निकायसंग पहल गरिरहेका छौँ,” बिर्तामोड नगर प्रमुख पबित्रा महतारा प्रसाइले बताइन्। “तर, मलको राष्ट्रिय आपूर्तिमा देखिएको समस्या जिल्लामा पनि प्रत्यक्ष असर गरिरहेको छ भन्छन “l 

धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको उत्पादनले देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान दिन्छ। तर, हरेक वर्ष दोहोरिने मल संकट, जलवायु परिवर्तनका असर र परम्परागत खेती प्रणालीका कारण किसानलाई थप जोखिम सामना गर्नुपरेको छ।

विज्ञहरू भन्छन्, कृषकलाई दीर्घकालीन रूपमा टेवा दिन नीति स्तरमै सुधार र प्रविधिमैत्री खेती प्रणालीमा जोड दिन आवश्यक छ।