बिर्तामोड । बिर्तामोड नगरपालिकामा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस (जेई) रोगविरुद्धको खोप अभियानको अवधि थप गरिएको छ।

नगरपालिकाले आज सूचना जारी गर्दै २०८३ असोज ९ गतेदेखि १५ गते सम्म सञ्चालन भइरहेको खोप अभियानको अवधि १६ १७ १८ १९ गते सम्म थप गरिएको हो। सो खोप नगर अस्पताल ममा ४ दिन र १९ गते १ दिन नगरपलिका को कार्यालयमा लगाइने भएको छ l
अभियानअन्तर्गत ३० वर्षभन्दा माथिका खोप लगाउन बाँकी रहेका नगरवासीलाई थप गरिएको अवधिमा तोकिएका खोप केन्द्र तथा स्थानमा उपस्थित भई खोप लगाउन अनुरोध गरिएको छ।