झापा , बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका–५ स्थित कनकाई बजारमा चन्द्रमा मोबाइल हाउस आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

ग्राहकका मोबाइलसम्बन्धी विभिन्न आवश्यकता एउटै स्थानबाट पूरा गर्ने उद्देश्यले सञ्चालक उमेश तिवारीले मोबाइल हाउस सञ्चालनमा ल्याउनुभएको हो।चन्द्रमा मोबाइल हाउसमा विभिन्न ब्रान्डका मोबाइल फोन उपलब्ध छन्। ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार मोबाइल छनोट गर्न सक्नेछन्। साथै, किस्ताबन्दीमा मोबाइल खरिद गर्ने सुविधा पनि उपलब्ध रहेको सञ्चालक तिवारीले बताउनुभएको छ।
त्यसैगरी, पुरानो मोबाइल दिएर नयाँ मोबाइल लिन चाहने ग्राहकका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध छ। एक्सचेन्जका लागि भने पुरानो मोबाइलको बक्स र बिल अनिवार्य रूपमा आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो।मोबाइल हाउसमा सबै ब्रान्डका मोबाइल मर्मत गर्ने सुविधा पनि रहेको छ। मोबाइल मर्मतका लागि आवश्यक विभिन्न पार्टपुर्जा, मोबाइल कभर तथा अन्य एक्सेसरिजसमेत उपलब्ध रहेको सञ्चालक तिवारीले बताउनुभयो।
नयाँ मोबाइल खरिद, किस्ताबन्दी सुविधा, पुरानो मोबाइल एक्सचेन्ज, मोबाइल मर्मत तथा आवश्यक पार्टपुर्जा र एक्सेसरिज एउटै स्थानमा उपलब्ध हुने भएकाले ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ।
दसैँको अवसरमा नयाँ मोबाइल खरिद गर्न वा पुरानो मोबाइल साटेर नयाँ लिन चाहने ग्राहकले कनकाई बजारस्थित चन्द्रमा मोबाइल हाउसमा पुगेर आवश्यक जानकारी लिन सक्नेछन्।