बिर्तामोडमा भारतीय नागरिकद्वारा गरिएको तरकारी खेतीमा विषादीको मात्रा उच्च

बिर्तामोड नगरपालिका  स्थित नडियाबाडीमा एक भारतीय नागरिकद्वारा गरिएको तरकारी खेतीमा उत्पादन भएकाब्रोकाउली  फूलकोपीमा  विषादीको मात्रा अत्याधिक भेटिएको छ। 

कृषि प्रयोगशाला एकाई बिर्तामोडले गरेको परीक्षणमा यी तरकारीमा विषादीको मात्रा अत्याधिक देखिएको हो 

स्वास्थ्यका दृश्टिकोणले तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतलाई खान योग्य मानिन्छ  तर यहाँको ब्रोकाउलीमा ९५.१४ प्रतिशत तथा फूलकोपीमा ९.५२ प्रतिशत रहेको पाइएको छ।

विषादी रिपोर्टमा ब्रोकाउली खान अयोग्य पाईएपछि बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाबिर्तामोड का वडा सदस्य हरि प्रसाद बाँस्कोटा,नगर प्रहरीसहितको टोलीले स्थलगत निरिक्षण गरेको  

कृषि शाखा प्रमुख कडरियाले अब अर्को पटक परिक्षण नगरुञ्जेलसम्म यसको विक्री बितरण नगर्न निर्देशनदिनुनभएको   अर्को पटक चेकजाँच गर्दा पनि विषादीको मात्रा उस्तै आए बारीमै ब्रोकाउलीकाउली नष्ट गर्नेजानकारी दिनुभयो