अर्जुनधारा नगरपालिकाले सुखानी सहिद स्मृति दिवसको अवसरमा स्थानीय विदा घोषणा

२० फागुन २०८१, अर्जुनधारा , झापा – अर्जुनधारा नगरपालिकाले सुखानी दिवस (फागुन २१) को अवसरमा स्थानीय विदा दिने निर्णय गरेको छ। यस निर्णयअनुसार नगरपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरूमा विदा हुनेछ। स्वास्थ्य संस्थाहरूको आकस्मिक सेवा तथा प्रसूति सेवा भने यथावत् सञ्चालन हुनेछन्।

सुखानी दिवसको ऐतिहासिक पृष्ठभूमि

सुखानी दिवस २०२९ साल फागुन २१ गते झापा विद्रोहका क्रममा पक्राउ परेका पाँच कम्युनिष्ट योद्धाहरूको बलिदानलाई स्मरण गर्न मनाइन्छ। तत्कालीन पञ्चायती सरकारले रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल, र नारायण श्रेष्ठलाई झापाको चन्द्रगढी कारागारबाट इलाम सार्ने क्रममा सुखानी जंगलमा लगी हत्या गरेको थियो।