बिर्तामोड, २०२५ – वीरता जेसीजका नयाँ अध्यक्ष युवराज कुवरले सन् २०२५ को कार्यकालको शुभारम्भ झण्डोत्तोलन गरेर गरेका छन्। वीरता जेसीजको सचिवालयमा विहीवार आयोजित विशेष कार्यक्रममा वीरता जेसीजको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको हो।

यस अवसरमा अध्यक्ष युवराज कुवरको अध्यक्षतामा, पूर्व अध्यक्ष सजेश शिवाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन संयुक्त सचिव सुवास त्रिखत्रीले गरेका थिए, जसमा प्रमुख अतिथिहरु घनश्याम चौधरी, पूर्व राष्ट्रिय उपाध्यक्ष, र निवर्तमान अध्यक्ष विकास बस्नेतले शुभकामना मन्तव्य राख्दै सन् २०२५ को कार्यकाललाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए।

अध्यक्ष कुवरले सन् २०२५ मा वीरता जेसीजलाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए।

यसअघि, सन् २०२४ र २०२५ का कार्य समितिबीच संयुक्त बोर्ड बैठक पनि सम्पन्न भएको थियो, जसमा समझदारी र बुझबुझारथ पनि गरियो।
त्यसैगरी, वर्ष २०२५ को नयाँ कार्य समितिको प्रथम बोर्ड बैठक पनि युवराज कुवरको अध्यक्षतामा सम्पन्न भएको जानकारी महासचिव विज्ञानराज पौडेलले दिएका थिए।
यो कार्यक्रम वीरता जेसीजको आगामी योजनाहरूसँग जोडिएको महत्वपूर्ण सुरुआतको रूपमा हेरिएको छ।