माधव संस्कृत बिध्याश्रमले कमायो ३० लाख भन्दा बढी रकम

झापा ।  झापाको मेचिनगर नगरपालिका स्थित माधव संस्कृत बिध्याश्रम तथा श्री माधवेस्वर शिव पांचायतन मन्दिरले पुराणबाट ३० लाख भन्दा बढी ४५ हजार ४ सय ५८ रुपैयाँ आम्दानी गरेको छ ।

बिध्याश्रमको निर्माणाधिन पाक घर पूर्ण गर्न र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले लगाइएको पुराणबाट ३० लाख ४५ हजार ४ सय ५८ रुपैयाँ आम्दानी गरेको हो ।

जसबाट पुराणमा ९ लाख ८ सय ४५ रुपैयाँ खर्च भएको संस्थाका कोषाध्यक्ष तथा आर्थिक समिती संयोजक टेक प्रसाद भारतिले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

खर्छ गरेर बाँकी रहेको रकम २१ लाख ४४ हजार ६ सय १३ रुपैयाँबाट ११ लाख रुपैयाँ अक्षय कोषमा राखिने र बाकि रकमले पाक घर निर्माण पूरा गरिने उहाँले बताउनुभयो ।

संस्थाले यहि फाल्गुण ७ गतेबाट १४ गते सम्म श्रीमद भागवत धनधान्यांचल बिराट ज्ञान महायज्ञको आयोजना गरेको थियो ।

संस्थाका अध्यक्ष तिलक प्रसाद गिरिले पुराणमा सहयोग गर्ने सम्पूर्ण महानुभावलाई धन्यबाद दिनुभएको थियो भन्ने पं पुण्य प्रसाद रिजालले कार्यक्रम संचालन गर्नुभएको थियो ।