विर्तामोडमा इफ्तार कार्यक्रम: सामाजिक सद्भाव र शिक्षाको प्रवर्द्धन

विर्तामोडचैत १० –

धार्मिक शिक्षा तथा आधुनिक शिक्षाको समन्वयसमृद्ध समाजको निर्माण हाम्रो उद्देश्य” भन्नेनाराका साथ विर्तामोड स्थित बिर्ता पार्टी प्यालेसमा शुभकामना आदान प्रदान तथा इफ्तार कार्यक्रम सम्पन्न भएकोछ। पवित्र महिना रमजानको अवसरमा धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले मदारसा तालिमुल कुरानआधारभूत विद्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई हुनुहुन्थ्यो भने विशेष अतिथिकारूपमा नगर उपप्रमुख नगेन्द्र संग्रौलाविर्तामोड  का वडाध्यक्ष मदन बुढाथोकीविर्तामोड  का वडाध्यक्ष सुर्य कन्दवासमाजसेवी सजेश शिवाकोटीराजकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो।

इस्लाम धर्मावलम्बीहरूका लागि विशेष मानिने रमजान महिनामा एक महिनासम्म कठोर व्रत (रोजाबस्ने परम्परारहिआएको छ। बिहान सूर्योदय अघि ‘सेहरी’ खाएर व्रत सुरू गरिन्छ भने साँझ सूर्यास्तपछि ‘इफ्तार’ गरेर व्रतखोलिन्छ। यो महिनामा १४ घण्टाभन्दा बढी समयसम्म केही पनि नखाई इबादत गरिन्छ। साथैयस अवधिमा धार्मिकदान (जकातदिने प्रथा रहिआएको जसअनुसार आफ्नै सम्पत्तिको .परोपकारका लागि विद्यालयअनाथालय तथा विपन्न समुदायलाई प्रदान गरिन्छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पवित्रा महत्रारा प्रसाईले विद्यालयमा सबै जातजाति  धर्मका विद्यार्थीहरूलेअध्ययन गर्ने भएकाले धार्मिक सहिष्णुता  शिक्षाको विकास अत्यावश्यक रहेको बताउनुभयो। उहाँले सामाजिकसद्भाव कायम गर्न यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

नगर उपप्रमुख नगेन्द्र संग्रौलाले धर्मसंस्कृति  विद्यालयको भूमिकाबारे आफ्ना विचार राख्दै धार्मिक सहिष्णुता कायमराख्दै शिक्षाको माध्यमबाट समावेशी समाज निर्माण गर्न आवश्यक रहेको बताउनुभयो।

त्यस्तैकार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि आफ्नो धारणा राखेका थिए। राष्ट्रिय प्रजातन्त्रपार्टीका लक्ष्मी गौतममाओवादी केन्द्रका सीपी कडरियानेपाली कांग्रेसका ओम बिमली  नेकपा एमालेका विर्तामोडनगर अध्यक्ष सुवास भट्टराईले शुभकामना व्यक्त गर्दै नेपालको संविधानले सबै धर्मलाई समान रूपमा व्यवहार गर्ने रधार्मिक सहिष्णुता कायम गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गरे।

कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यालयमा अध्यापन गराउँदै आएका महिला शिक्षिकाहरूलाई दोसल्लाओढाएर सम्मान गरिएको थियो। प्रमुख अतिथि तथा विशेष अतिथिहरूले अन्जुम खातुनआफरिन खातुनसुनितान्यौपानेबिमला अधिकारीइसरत प्रबिनसगुफ्ता खातुननसिबा सैमीरजिया खातुन  गीता उप्रेती प्रसाईलाईसम्मान गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तिहरूले धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरूको महत्त्वरहेको बताए। आयोजक मदारसा तालिमुल कुरान आधारभूत विद्यालयका प्रतिनिधिहरूले धार्मिक तथा आधुनिकशिक्षाको समन्वयबाट समृद्ध समाज निर्माण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राख्दै सबैलाई धन्यवाद व्यक्तगरेका थिए भन्ने कार्यक्रमको संचालन तेन्जिमा शेखले गर्नु भएको थियो।