बिर्तामोड, १३ चैत: राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड-९ को वडा अधिवेशन नेकपा एमाले ८ र ९ नं. वडाको संयुक्त पार्टी कार्यालय, गरामनीमा सम्पन्न भएको छ। अधिवेशनले सुनिल राजवंशीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ।

नवनिर्वाचित कमिटीमा उपाध्यक्ष रेखा महतो, सचिव बिवश बस्नेत, सह-सचिव पारस शर्मा र इस्नेहा राजवंशी चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी केन्द्रीय सदस्य गोपाल काफ्लेले राष्ट्रिय युवा संघ नेपाल एक महत्वपूर्ण संगठन भएको उल्लेख गर्दै यसले नयाँ पुस्तालाई राजनीतिमा अघि बढ्ने अवसर दिने बताउनुभयो। उहाँले पार्टीको ‘जरा अभियान’ लाई प्राथमिकतामा राख्दै संगठनलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले जिल्ला सदस्य तथा वडा नं. ९ इन्चार्ज लक्ष्मी मोते थिए भने नेकपा एमाले बिर्तामोड नगर उपाध्यक्ष मदन बुढाथोकी, नगर कमिटी सदस्यहरू बालकृष्ण कार्की, युवराज निरौला, विष्णुमाया कोईराला, संगीता सिवा ,शान्ति मडि, विश्वदीप राजवंशी, धनश्याम नेपाल, हरि बाँस्कोटा, नवीन बिमली लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, कार्यक्रममा बिर्तामोड-३ का पार्टी अध्यक्ष कोशिस घिमिरे, बिर्तामोड ९ नम्बर पार्टि अध्यक्ष प्रेम भण्डारी नगर कमिटी सदस्य सचिवालय बद्री प्याकुरेल, राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर अध्यक्ष रोहित ओली, राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर सचिव दिनेश अधिकारी पनि सहभागी भएका थिए।
कार्यक्रमको अध्यक्षता चिरञ्जीवी अधिकारी (राष्ट्रिय युवा संघ नेपाल, बिर्तामोड-९ का वडा अध्यक्ष) ले गरेका थिए।
नगरका सबै वडामा कमिटी गठन गर्ने अभियानअन्तर्गत यसअघि बिर्तामोड-३ मा पनि वडा कमिटी पुनर्गठन गरिएको थियो।