बिर्तामोड, चैत २४
झापाको बिर्तामोड–७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको छ। विगतदेखि नै वनको नेतृत्व सम्हाल्दै आएको एमाले यसपटक पनि सशक्त ढंगले चुनावी मैदानमा उत्रिएको छ।

स्थायित्व र अनुभव बोकेको एमाले
संगठित संरचना, व्यापक जनसञ्जाल र अनुभवी नेतृत्वका साथ एमालेले पुनः जित हासिल गर्ने अपेक्षा गरिएको छ। अध्यक्षमा उम्मेदवार बनेका सूर्य भट्टराई बिर्तामोड–७ का पूर्व वडा अध्यक्ष गंगा भट्टराईका सुपुत्र हुन्। उनलाई राजनीतिक अनुभव र स्थानीय जनसम्पर्क सँगसँगै संगठनात्मक पकड पनि बलियो मानिन्छ।

उनको प्यानलमा उपाध्यक्षमा कुलप्रसाद साँवा, सचिवमा सृष्टि राई, सहसचिवमा लक्ष्मीप्रसाद पौडेल र कोषाध्यक्षमा नैनकला गुरागाईं उम्मेदवार छन्।
टोल प्रतिनिधिमा:
• १ नं. टोल: खड्गप्रसाद प्रधान, रिता चौधरी
• २ नं. टोल: भीम सुब्बा, रुपा घिमिरे
• ३ नं. टोल: भीम अधिकारी, रञ्जु बराल
• ४ नं. टोल: मनकुमार लिम्बू, सीतादेवी बस्नेत
• ५ नं. टोल: प्रमिला घिमिरे, रिता खनाल उम्मेदवार छन्।
खुला र आरक्षित सदस्यतर्फ पार्वता भुजेल, संजय लिम्बू, उर्मिला राई र थलप्रसाद गदाईली उम्मेदवार छन्।
गठबन्धनको प्रयास
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी गठबन्धन गर्दै “समृद्ध वन स्वतन्त्र प्यानल” नाम दिइ उम्मेदवार अघि सारेका छन्। अध्यक्षमा कृष्णप्रसाद लिम्बू उम्मेदवार छन्, जो अघिल्लो चुनावमा एमालेका उम्मेदवार बद्री प्याकुरेलसँग पराजित भएका थिए।

अन्य उम्मेदवारहरू:
• उपाध्यक्ष: मंगलसिंह साँवा
• सचिव: इन्दिरा अधिकारी बाँसकोटा
• सहसचिव: जीवन कार्की
• कोषाध्यक्ष: ईश्वरादेवी भट्टराई
आरक्षित सदस्यतर्फ:
• महिला: शान्ता उप्रेती, मञ्जु कट्टेल उप्रेती
• जनजाति: बुद्धराज लिम्बू
• दलित: सावित्रा
• आदिवासी: मनमाया हस्दा
टोल प्रतिनिधिमा:
• १ नं. टोल: वीरबहादुर श्रेष्ठ, धनमाया फुँयल
• २ नं. टोल: मेघराज पौडेल, लीलादेवी उप्रेती
• ३ नं. टोल: डिल्लीराम प्रसाई, भीमा श्रेष्ठ
• ४ नं. टोल: राजकुमार लावती, सुनिता कुमारी राजवंशी
• ५ नं. टोल: खगेन्द्र कट्वाल, बन्दना लिम्बू उम्मेदवार छन्।
एमालेलाई निरन्तरतर्फ जनसमर्थन
निचाझोडा सामुदायिक वनमा लामो समयदेखि नेतृत्व दिँदै आएको एमाले प्यानललाई यसपटक पनि निरन्तरता दिने र जनसमर्थन रहने विश्वास गरिएको छ। ८३१ घरधुरी सदस्य रहेको वन समूहमा जनमत एमालेप्रति अझै बलियो देखिएको छ। दुबै प्यानलले आइतबार मनोनयन दर्ता गराइसकेका छन्।