झापा, मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरी झापा ल्याइएको छ । उनलाई पूर्बी नाका काँकरभिट्टा हुँदै नेपाल ल्याइएको हो ।
आज बिहान १०ः०५ बजे मेचीनगर –६ स्थित काँकरभिट्टा नाका हुँदै उनलाई नेपाल ल्याइएको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजन लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चन्द्रगढी बिमानस्थलतर्फ लिएर गएको छ ।
गत चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको हो । सीआईबीको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल लग्दै छ । सीआईबीले उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी गर्दै छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका मेची अञ्चल सह संयोजक प्रकाश उप्रेतीको नेतृत्वमा झापा जिल्ला संयोजक राजेश राजवंशी लगायत करिब १५ जना भेला जम्मा भई दुर्गा प्रसाईं जिन्दावाद, नागरिक बचाउ महाअभियान जिन्दावाद जस्ता नारा लगाएका थिए ।