८ वैशाख, काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

AI image
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक नजिक पुगेको बेला घटनामा परेको हो। बिजुलीको पोलबाट लत्रिएको तारमा जिप अल्झिएपछि आगलागी भएको थियो।
घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए। घाइतेहरूलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल पठाइएको उनले बताए।
स्रोत: onlinekhabar.com