सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्वलाई वडा कार्यालयबाट बधाई तथा सम्मान

बिर्तामोड, वैशाख १९।

बिर्तामोड नगरपालिका वडा नम्बर–७ अन्तर्गत रहेको सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका नवनिर्वाचित पदाधिकारीलाई वडा कार्यालयले एक कार्यक्रमका बीच बधाई तथा शुभकामना प्रदान गरेको छ ।

वडाध्यक्ष अविरल कृष्ण खरेलले अध्यक्ष कृष्ण सुब्बा लिम्बूसहित सम्पूर्ण निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै लोकतान्त्रिक प्रक्रियामार्फत चयन भएको नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा वडा सदस्य लता विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।

वडाध्यक्ष खरेलले भन्नुभयो– “चुनाव एउटा प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो। अगाडि–पछाडि हुनु स्वाभाविक हो, तर हामी सबै आफ्नो क्षेत्रबाट लागेर समाज बनाउन, वडा बनाउन हातेमालो गर्दै अघि बढ्नुपर्छ।” उहाँले समितिको कार्यशैलीले सामुदायिक वन संरक्षण, विकास र स्थानीय सहकार्यको उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा सदस्य खडानन्द निरैला, कार्यपालिका सदस्य लक्ष्मी खतिवडा, तथा नव निर्वाचित अध्यक्ष कृष्ण सुब्बा लिम्बुले पनि मन्तव्य राख्दै समितिको कार्ययोजना, समावेशिता र पारदर्शिता माथि जोड दिनुभयो।

कार्यक्रमको संचालन वडा सचिव प्रविन पौडेलले गर्नुभएको थियो। कार्यक्रममा समाजसेवी कुबेर कोईराला, स्थानीय अगुवा, सरोकारवाला, सदस्य तथा वडावासीहरूको उपस्थिति थियो।

वडा कार्यालयले आगामी दिनमा समितिसँग सहकार्य गर्दै वन संरक्षण तथा सामुदायिक हितका कार्यहरूमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ।