बैशाख २२, २०८२ | झापा |
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठलाई वीरता जेसीजले बिर्तामोडमा विशेष कार्यक्रममार्फत स्वागत तथा सम्मान गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालै सरुवा भएर आएका श्रेष्ठको स्वागत सम्मान वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमको संयोजन उपाध्यक्ष पुष्प भण्डारीले गरेका थिए भने तालिम संयोजक सुशील थापाले ‘जेसीज आस्था’ बाचन गरेका थिए। स्वागत मन्तव्य कार्यकारीणी उपाध्यक्ष प्रभात मास्केले दिएका थिए।

नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरी, सजेश शिवाकोटी, जेसीआई सिनेटर तथा पूर्व राष्ट्रिय उपाध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ लगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा सिनेटर विशाल थापा, घनश्याम चौधरी, पूर्व अध्यक्ष राजेन्द्र चम्लगाई, औषधि व्यवसायी संघ झापाका अध्यक्ष तथा पूर्व कार्यकारीणी उपाध्यक्ष सिनेटर जीवन खड्का, वीरता जुनियर जेसीज अध्यक्ष अस्मित गोसाई लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रमको सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए।
