मेचिनगरमा मकैबारीमा पोथी हात्ती मृत फेला

झापा – झापाको मेचिनगर नगरपालिका–१ स्थित कोसेली चोकमा एक पोथी हात्ती मृत अवस्थामा फेला परेको छ।

आज बिहान करीब ९:४५ बजे लिला प्रकाश रिजालको मकैबारीमा उक्त हात्ती मृत अवस्थामा फेला परेको हो। हात्तीको मृत्युको कारण हालसम्म एकीन हुन नसकेको प्रहरीले जनाएको छ।

मृत्युको कारण पत्ता लगाउनका लागि जिल्ला बन कार्यालय झापाबाट विज्ञ टोली घटनास्थलतर्फ जाँदैछ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।