बिर्तामोड, झापा — बिर्ताबजार प्रहरी चौकी व्यवस्थापन समितिको आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। समितिका अध्यक्ष बिरेन कोइरालाको अध्यक्षता र बिर्तामोड नगरपालिका–३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बु, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख विजय श्रेष्ठ, बिर्तामोड–३ निवासी सशस्त्र प्रहरीका डिएसपी महेश विष्ट, जिल्ला ट्राफिक प्रहरी प्रमुख गणेश पौडेल बिर्ताबजार प्रहरी चौकी इन्चार्ज पदम बिष्ट ,नेपाली कांग्रेसका जलकुमार गुरुङ, नेकपा एमाले बिर्तामोड अध्यक्ष सुभाष भट्टराई, माओवादी केन्द्रका नेता अरुण श्रेष्ठ, नेका नगर सचिव दिवाकर प्रसाई, वडा सदस्य हरी बास्कोटा, नेपाली कांग्रेस वडा सभापति प्रेम उप्रेती, नेकपा एमाले वडा अध्यक्ष कोसिस घिमिरे, माओवादी केन्द्रका वडा अध्यक्ष तुलसी ढकाल, समाजसेवी कुमार दाहाल, सृष्टि बस्नेतलगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा अरुण श्रेष्ठ, सुभाष भट्टराई र जलकुमार गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै समाजमा शान्ति र सुरक्षाको सुदृढताका लागि जनप्रतिनिधि र सुरक्षाकर्मीबीचको सहकार्य अत्यावश्यक रहेको औंल्याए।

प्रमुख अतिथि वडा अध्यक्ष मदन बुढाथोकीले आफ्नो मन्तव्यमा जनप्रतिनिधि र प्रहरी एकअर्काका परिपूरक भएको उल्लेख गर्दै दुवै निकायको सहकार्यले अपराध नियन्त्रण तथा सामाजिक शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको समापन समितिका अध्यक्ष बिरेन कोइरालाले धन्यवाद ज्ञापनसहित गर्नुभएको थियो।