झापा हक्की संघ ‘हक्की ५ एस राष्ट्रिय महिला च्याम्पियनसिप’मा सहभागी हुने

बिर्तामोड, असार १९ नेपाल हक्की संघको आयोजनामा आगामी साउन २८ गतेदेखि ३० गतेसम्म पोखरामा हुन गइरहेको “1st Hockey 5s National Women’s Championship” मा कोशी प्रदेश हक्की संघले महिला टोलीले सहभागिता जनाउने भएको छ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगितामा सातै प्रदेशका महिला टोलीहरू सहभागी हुनेछन्। उक्त प्रतियोगिता अन्तर्राष्ट्रिय नियमअनुसार (FIH Hockey 5s) सञ्चालन गरिनेछ। झापा हक्की संघ का अध्यक्ष मनोज बुधाथोकीका अनुसार यस प्रतियोगितालाई अवसरको रूपमा लिँदै जिल्लाभित्रका उत्कृष्ट महिला खेलाडीहरूको छनोट गरी सो टिममा पटाउने तयारी थालेको जनाएको छ।

नेपाल हक्की संघको सूचना अनुसार प्रतियोगितामा सहभागी टोलीले २०७८ सालमा गठन भएको न्यूनतम १० खेलाडी सहितको टिम पठाउनु पर्नेछ। एक टोलीमा अधिकतम १० खेलाडी र २ अफिसियल (कोच तथा व्यवस्थापक) सम्म राख्न  पाइनेछ भने विजेताले नगद रु ५०,००० उपविजेताले नगद रु २५,००० प्राप्त गर्नेछन l