झापा, जेठ २८ । लगातार अत्यधिक गर्मी भएपछि बिर्तामोड नगरपालिकाले पनि विद्यालयहरुलाई विदा दिएको छ ।

नगरपालिकाले आज एक सूचना जारी गरी भोलि र पर्सी दुई दिन पठनपाठन स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । अत्यधिक गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएको विभिन्न विद्यालय र अभिभावकहरुबाट माग भएपछि हिउँदे र वर्खे विदाबाट कट्टा हुने गरी दुई दिन विदा दिइएको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जनाएका छन् ।
यसअघि कमल गाउँपालिकाले आज र भोलि गर्मी विदा दिइसकेको छ ।
