झापा, जेठ ३० । करिव साढे पाँच लाख मूल्यको अवैध मोबाइलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका १२ धुलाबारी बस स्ट्याण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धुलाबारीबाट इटहरी जाने बसमा चढ्न लागेका भारत बंगाल बस्ने ६५ वर्षीय नुर आलमलाई अवैध मोबाइलसहित पक्राउ गरेको हो । उनले भन्सार छली १३ वटा मोबाइल ल्याएका थिए ।
५ लाख ४० हजार मूल्य बराबरको मोबाइलसहित आलमलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।