पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

झापा, जेठ ३१/ झापाको अर्जुनधारा नगरपालिका–६ स्थित सीएम स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

तस्विर Ai

काठमाडौँ महानगरपालिका–१४ बाफल स्थायी घर भई हाल झापा,

अर्जुनधारा नगरपालिका–११ बसपार्कमा डेरा गरी बस्दै आएका ४० वर्षीय केशव पाठक रहेको प्रहरीले जनाएको छ।

शुक्रबार राति करिब ८ः३० बजे पौडी खेल्ने क्रममा डुबेका पाठकलाई तत्कालै उद्धार गरी साथिहरूले उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पुर्‍याएका थिए। तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली खटिएको जनाएको छ।