ढुवानी क्षेत्रमा पूर्बेलीको थप अगाडि बढाइ: फेरि दुई नयाँ ट्रक थप

बिर्तामोड, १३ असार : पूर्बेली ढुवानी सेवा प्रा. लि. ले आफ्नो व्यवसायलाई थप सुदृढ र विस्तार गर्न दुईवटा नयाँ ट्रक थप गरेको छ। कम्पनीका सञ्चालक निर्मलराज खत्रीले व्यवसायको माग र सेवालाई अझ प्रभावकारी बनाउन यो कदम चालिएको बताउनुभयो।

गत जेठ ३० गते पनि पूर्बेलीले दुईवटा ट्रक खरिद गरेको थियो। आइएमई मोटर्सको आधिकारिक विक्रेता चारपानेबाट अशोक लेल्यान्डको २५२३ BS-IV मोडलका दश चक्के दुईवटा ट्रक खरिद गरिएको सञ्चालक खत्रीले जानकारी दिनुभयो। 

आज आयोजित एक संक्षिप्त कार्यक्रममा कम्पनीका रिजनल सेल्स म्यानेजर सुशील दाहालले सञ्चालक खत्रीलाई ट्रकको चाबी हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा व्यवसायी रेनुका लिम्बु खत्री, हरिकेशर बस्नेतलगायतको उपस्थिति रहेको थियो। सञ्चालक खत्रीले निकट भविष्यमा थप ट्रकहरू ल्याउने प्रक्रिया पनि अगाडि बढिरहेको बताउनुभयो। “हाम्रो लक्ष्य ग्राहकलाई समयमै गुणस्तरीय सेवा प्रदान गर्नु हो,” खत्रीले भन्नुभयो।

यो विस्तारले पूर्बेली ढुवानी सेवालाई कोशी प्रदेशको ढुवानी क्षेत्रमा अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।