बिर्तामोड–१० को सुकुमबासी बस्तीमा झुल र बिरुवा वितरण

बिर्तामोड, झापा — बिर्तामोड नगरपालिका–१० स्थित तेलकानि टोलको सुकुमबासी बस्तीमा आज मच्छरदानी (झुल) र फलफूलका बिरुवा वितरण गरिएको छ।

स्वास्थ्य र सरसफाइको सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा स्थानीय टोल विकास समितिको सहजीकरणमा वितरण कार्य सम्पन्न गरिएको हो। 

बिर्तामोड नगरपालिकाको समन्वयमा र सभामुख देबराज घिमिरेको पहलमा टिका देबी बस्नेत घिमिरे मार्फत बितरित उक्त कार्यक्रममा देबी बस्नेत घिमिरे बिर्तामोड नगरपालिकाका  पवित्रा महतारा प्रसाई, सभामुखका सचिवालय सदस्य हिमाल मैनाली, समाजसेवी सुभास भट्टराई समिर घिमिरे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमले उक्त बस्तीमा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै हरियाली प्रवर्द्धनमा पनि योगदान पुग्ने आयोजकले विश्वास लिएका छन्।