झापाको कमलमा गोमन सर्पको टोकाईबाट बालकको मृत्यु

झापाको कमलमा गोमन सर्पको टोकाइबाट बालकको मृत्यु

कमल (झापा), असार २२ गते – झापाको कमल गाउँपालिका–४ स्थित श्री ज्योति आधारभूत विद्यालयमा अध्ययनरत एक बालकको गोमन सर्पको टोकाइबाट मृत्यु भएको छ।

विद्यालय स्रोतका अनुसार कक्षा एलकेजीमा अध्ययनरत नवीन बी.क.लाई गए राति करिब ११:३० बजे विषालु गोमन सर्पले टोकेको थियो। टोकाइपछिको केही समयमै उनको मृत्यु भएको बताइएको छ।

यो दुःखद घटनाले विद्यालय परिवार तथा स्थानीय समुदायलाई गहिरो स्तब्ध बनाएको छ। बालकको असामयिक निधनप्रति सबैले समवेदना प्रकट गरेका छन्।