झापा, असार २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले असार २८ र २९ गते झापा र इलामका विभिन्न आयोजित विकास आयोजना उद्घाटन र सिलन्यासका कार्यक्रमहरूमा सहभागी हुनेछन

भ्रमणको पहिलो दिन प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे चन्द्रगढी विमानस्थलमा हुदै बुद्धशान्ति गाउँपालिका–३ मा रहेको भागीरथा न्यौपाने अस्पताल उद्घाटन गर्नेछन त्यसपछि माई नगरपालिकामा आयोजित नगर अस्पतालको उद्घाटन गर्ने छन अनि सोही स्थानमा जग्गा धनीपूर्जा वितरण गर्नेछन अन्यमा माइनगरपालिकाकै महत्वपूर्ण विकास परियोजना खानेपानी आयोजनाको शिलान्यास गर्ने छन l
त्यसैगरी झापाको कन्काई नगरपालिकामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जग्गा धनीपूर्जा वितरण तथा उधोग वाणिज्य संघको भवन उद्घाटन गर्नेछन र साँझ ४ बजे प्रधानमन्त्री दमकस्थित निजी निवासमा रहनेछन l
भ्रमणको दोश्रो दिन असार २९ गते बिहान १० बजे दमक नगरपालिकाद्वारा कृष्ण मन्दिरबाट उत्तरपूर्वी तर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको आयोजित कार्यक्रममा उद्घाटन गर्ने छन l त्यसपछि बिर्तामोडको सिटी सेन्टर आयोजीत स्थानीय भेलालाई सम्बोधन गर्दै दिउँसो ३:३० बजे चन्द्रगढी विमानस्थलतर्फ प्रस्थान राजधानी फर्किनेछन्।
